एनआरएनए युएईको अध्यक्षमा सिलवाल र शेर्पा भीड्दै

उज्यालो प्रतिनिधि ११ श्रावण २०७८, सोमबार मुख्य नेटवर्क

युएई । गैरआवसिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद युएईको अध्यक्ष पदमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवाल र उपाध्यक्ष पासाङ शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

हालका कार्यबाहक अध्यक्षको जिम्मेवारीमा काम गरिरहेका सिलवाल र उपाध्यक्ष शेर्पाले आउँदा (२०२१-२०२३) कार्यकालको लागि आफ्नो उम्मेदवारीको घोषणा गरेको हो ।

कोरोनाको महामारीमा समस्यामा परेका नेपालीहरुको उद्धारमा प्रयोग भएका रकम हिनामिना गरेको आरोपमा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पा निलम्बनमा परेपछि सिलवाललाई एनआरएनए युएईका कार्यकारी अध्यक्षमा चयन गरेका थिए ।

सिलवालले युएईमा रहेका लाखौं नेपाली श्रमिकको प्रतिनिधित्व गर्दै आफुले उम्मेदवारी घोषणा गरेको बताएका छन् । साथै आफुले विगत लामो समय देखि एनआरएन भित्रको बेथिति विरुद्ध लड्दै आएको र एनआरएनए युएईलाई भ्रष्टचार रहित संस्था बनाउन पनि आफ्नो उम्मेदवारी रहेको जिकिर गरेका छन् ।

युएईमा रहेका राजनीतिक संयन्त्र लगायत विभिन्न संघसंस्थाहरुले पनि सिलवाललाई नै समर्थन गरेकोले अध्यक्ष पदमा सिलवालको जित सुनिश्चित जतिकै भएको त्यहाँका संघसंस्थाका प्रतिनिधिहरु बताउँछन् । सिलवाललाई एनआरएनए युएई भित्रका भ्रष्टचार विरोधी अभियान्तको रुपमा पनि चिनिन्छन् ।

अर्का अध्यक्ष पदको उम्मेदवारी शेर्पा युएईमा रहेर सक्रिय रुपमा सामाजिक गतिविधि गर्दै आएका व्यक्ति हुन । कोरोना महामारीको समयमा युएईमा रहेका नेपालीहरुको उद्धारमा सक्रिय शेर्पाको नेतृत्वमा दुबई प्रहरीले क्युआरएफ टिम बनाएर कोभिड-१९ ले प्रभावित नेपालीहरुको विवरण लिइ आवश्यक राहत सहयोग गरेर हजारौं नेपालीहरुको उद्धार गरेका थिए ।

अन्तिम चरणमा आएर श्रमिकको नाममा आएका अन्तराष्ट्रिय श्रम संगठनको लाखौं रकम हिनामिना गरेको आरोपमा निलम्बनमा परेका शेर्पा अनुगमन समितिले छानबिन गर्दा निर्दोष देखेपछि कारबाही फुकुवा गरेका थिए । यी दुबै उम्मेदवारी अध्यक्ष पदको लागि बलियो प्रतिस्पर्धीको रुपमा देखा परेका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार