कोरोनाका कारण ३ महिना भित्र अमेरिकामा १ लाख ४७ हजारको ज्यान जान सक्ने
एजेन्सी । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण दिनहुँ हजारौ मानिसले ज्यान गुमाइरहेका छन । यसैबिच युनिभर्सिटी अफ वासिङ्टन इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभोल्युशन (आइएचएमई) ले अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण अगस्ट महिनाको सुरुवातसम्म ४७ हजार बढीको मृत्यु हुनसक्ने आँकलन गरेको छ । आइएचएमईको यो अनुसन्धान मंगलबार सार्वजनिक भएको हो । अमेरिकामा कोरोनाभाइरसको सत्रंmमणका कारण हुने मृत्युको विषयमा आइएचएमईको यो अनुमान पहिलेको भन्दा १० हजार बढी छ । आइएचएमईका अनुसन्धानकर्ताले संक्रमण रोक्नका लागि लगाइएको प्रतिबन्ध फुकुवा गर्नु थप खतरनाक हुनसक्ने बताएका छन् । अमेरिकामा हालसम्म कोरोनाभाइरसले ८२ हजार २ सय ४६ को ज्यान लिइसकेको छ । आइएचएमईको यो अनुमानले स्पष्ट रुपमा बताउँछ कि अमेरिकामा संकट लगातार गहिरिँदै छ । स्रोतः बीबीसी थप पढ्नुहोस् ...












