चीनमा कोरोनाको संक्रमण हुन नदिन सतर्कता,सार्वजनिक स्थलहरुमा क्यामेरा,हातमा ब्रासलेट

उज्यालो प्रतिनिधि २९ बैशाख २०७७, सोमबार प्रवास

बिबिसी । चीनमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको लकडाउनपछि अहिले विद्यालयहरु पुनः खुलेका छन् । विद्यालय खुलेसँगै विद्यार्थीहरुमा कोरोनाको संक्रमण हुन नदिन सतर्कता बढाएइएको छ ।

चीनका स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, चीनले सबै विद्यार्थीलाई ज्वरो नाप्ने ब्रासलेट दिएको छ । जसलाई विद्यार्थीहरूले घडीजस्तै हातमा लगाउने गरेका छन् ।

उक्त ब्रासलेट लगाएपछि विद्यार्थीका आमाबुबा र शिक्षकले एक एपको माध्यमबाट आफ्नो बच्चालाई ज्वरो छ कि छैन भन्ने कुराको निगरानी गर्न सक्छन् । अहिले चीनको राजधानी सहर बेइजिङका विद्यालयहरूले यो परीक्षण थालेका छन् ।

कुनै विद्यार्थीलाई ज्वरो देखिएमा विद्यालयले तत्कालै यसबारे निर्णय लिने गरेका छन् ।

ग्लोबल टाइम्सका अनुसार, विद्यार्थीहरूलाई उक्त ब्रासलेट चौबीसै घण्टा लगाउन भनिएको छ ।

कोरोना भाइरसको इपिसेन्टर चीनले केही सर्त र प्रतिबन्धका साथमा विद्यालय खोल्ने निर्णय गरेको हो । चीनले केही सार्वजनिक स्थलहरुमा थर्मल क्यामेरा पनि राखेको छ । यसका साथै बजार गइरहेका मानिसहरुका लागि पनि एक एप तयार गरिएको छ, जसले उनीहरुमा संक्रमित हुने सम्भावना कत्तिको छ भन्ने कुराको जानकारी दिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार