बिदेशबाट पठाइएको रकमको पत्नीले हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद
मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६\७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मुद्दा फछ्र्योट गरी पत्नी र पतिबीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । जिल्ला अदालतमा अघिल्लो आव २०७४\७५ मा दर्ता भएका ५१२ सम्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ३३३ मुद्दा फछ्र्र्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिंसा, दुव्र्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिइएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानूनी बहस हुँदा बरु पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक थप पढ्नुहोस् ...











