महिलालाई एसिड प्रहार गरेको अभियोगमा दुई जना पक्राउ

उज्यालो प्रतिनिधि ९ श्रावण २०७७, शुक्रबार समाचार

काठमाडौं । २२ वर्षीया महिलालाई एसिड प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने रौतहट लक्ष्मीपुर-४ घर भएका ४७ वर्षीय गार्मेन्ट व्यवसायी मोहमद आलम र भारत विहार घर भई काठमाडौं डल्लु बस्ने २३ वर्षीय फैयाज अलाम रहेका छन् ।

पीडित महिला काम गर्ने गार्मेन्टको मालिकले उसको इच्छा अनुसार नचल्दा अर्का कामदार फैयाजलाई प्रयोग गरी एसिड प्रहार गरेको खुल्न आएको छ। पीडीत महिलाको मोहमदको गार्मेन्टमा ३ वर्ष अघिदेखि काम गरिरहेकी दिदिले उनलाई पनि सोही गार्मेन्टमा काम लगाएकओ थिइन। करीब १ महिना काम गर्ने दौरानमा मोहमदसँग चिनजान भएकोमा उनको ईच्छा अनुकूल नचल्दा सोही कुराको बदला लिने उद्देश्यले गार्मेन्टमै काम गर्ने फैयाजलाई प्रयोग गरी एसिड प्रहार गर्न लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार