भ्रष्टाचारसम्बन्धी उजुरीको दर बर्सेनी बढ्दो

उज्यालो प्रतिनिधि २० श्रावण २०७७, मंगलवार समाचार

कर्णाली । कर्णाली प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरीको दर बर्सेनी बढ्दो क्रममा रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय (अदुअवा)सुर्खेतले बन्दाबन्दीका कारण गत आर्थिक वर्ष सङ्ख्यात्मक रूपले घटेको देखिए पनि उजुरी आउने दर भने उच्च रहेको जनाएको छ ।

कार्यालयका अनुसार आव २०७५/७६ मा ७८३ उजुरी परेका थिए । गत आव २०७६/७७ मा ६७९ उजुरी परे । गत आवमा सबैभन्दा बढी उजुरी सुर्खेत २३८ उजुरी परेका छन् । दैलेख १८६, जाजरकोट १४४, कालीकोट १०२, जुम्ला ८४, सल्यान ८०, रुकुमपश्चिम ७८, हुम्ला ६६, मुगु ५३ र डोल्पाबाट ४९ उजुुरी परेका छन् । गत आवमा सङ्घीय सरकारअन्तर्गतका मन्त्रालय तथा कार्यालयसँग सम्बन्धित ३१६ उजुरी परेका छन् ।

त्यस्तै प्रदेश सरकार मातहतका मन्त्रालयसँग सम्बन्धित २१० तथा स्थानीय तहका ५५४ उजुरी परेका थिए । अदुअवाको सक्रियतासँगै नागरिकमा सचेतना वृद्धि भएकाले पनि उजुरी आउने क्रम बढेको कार्यालयले भनाइ छ । कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले विकास निर्माणमा नागरिकको चासो र सूचना प्रविधिको पहुँचका कारण पनि उजुरी आउने क्रम बढेको बताए ।

कार्यालयबाट खटिएको टोलीले गत वर्षमात्रै सेवाग्राहीसँग घुस लिँदै गर्दा १४ जनालाई रङ्गेहात पक्राउ गर्‍यो । यस सङ्ख्या र बरामद रकमअघिल्लो वर्षको तुलनामा बढी हो । आव २०७५/७६ मा कर्णालीमा चार जना रङ्गेहात पक्राउ परेका थिए भने चार लाख ४७ हजार घुस रकम बरामद गरिएको थियो । गत आवमा घुस रकमसहित नियन्त्रणमा लिइएका १४ जनाबाट १३ लाख ४१ हजार १६ बरामद भएको थियो ।

कार्यालयबाट अनुसन्धान गरिएका २२ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ । ती मुद्दामा ७० जनाविरुद्ध एक करोड ४९ लाख ३५ हजार ६४ बिगो दाबी गरी मुद्दा दायर गरिएको हो । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार