किसानलाइ छिटो मल उपलब्ध गराउन सांसदको माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका डा डिला सङग्रौलाले भने, “अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैनन्, कतिपय ठाउँमा कालोबजारी छ, सरकारले मल पाउने आश्वासन मात्रै दिँदै आएको छ, किसानले भोग्नु परेको समस्या समाधानको लागि ध्यानकर्षण गराउन चाहन्छु ।” भारतसँगको जिटुजी सम्झौताको प्रक्रियाको अन्योलका नाममा हालसम्म मल आपूर्ति नभएकामा उनले चिन्ता व्यक्त गरे । सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार सम्झौता भएको ३० दिनपछि मात्रै आपूर्ति सुरु गर्ने व्यवस्था भएकाले यसलाई परिवर्तन गरेर अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार आठ दिनमा आपूर्ति सुरु गर्ने व्यवस्था गरेमा समयमा मल ल्याउन सकिने सरकारी अधिकारीको भनाइ छ । सांसद संग्रौलाले प्रश्न गर्नुुभयो, “यदि त्यसो हो भने संसद् चलिरहेको छ, सार्वजनिक थप पढ्नुहोस् ...











