पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्न माग

उज्यालो प्रतिनिधि ५ श्रावण २०७९, बिहीबार समाचार

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्दा पालिकाबाट गर्नपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा उहाँले मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकाका गर्नुपर्ने र सोही क्रममा राष्ट्रिय परिचयपत्रसँगै दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

सांसद मीना सुब्बाले निर्वाचन आयोगका धेरै सामग्री प्रयोगविहीन भएकाप्रति ध्यानाकर्षण गराएको छ । आयोगले किनेका ५२१ ल्यापटप, कलर प्रिन्टर, अत्याधुनिक छपाइ मेसिन प्रयोगविहीन भएको उनको भनाइ थिए ।

सांसद महेश बस्नेतले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा गम्भीरतापूर्वक लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद रामेश्वर राय यादवले मधेशमा अत्याधिक गर्मीका कारण किसानले पानी र मलको अभावमा खेती गर्न कठिन परेको र भोकमरी बढ्दै गएको हुनाले मधेशलाई सुक्खाग्रत क्षेत्र घोषणा गर्न माग गरे ।

सांसदहरु मायादेवी ज्ञवाली, मैनाकुमारी भण्डारी, मोहन बाँनिया, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवालीलगायतले खेतीको समयमा सरकारले मल ल्याउन नसक्दा किसान मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार