ओरालो लाग्यो नेप्से
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । साताको पहिलो दिन आज कारोबार मापक नेप्से ५.६६ विन्दुले घटेर एक हजार ५५६.८० मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.८१ विन्दुले घटेर ३०८.२७ मा पुगेको छ । कूल १८७ कम्पनीको ४३ लाख ५२ हजार १० कित्ता शेयर रु एक अर्ब २५ करोड २७ लाख ४८ हजार १८१ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १३.२ र निर्जीवन बीमा ३१.५८ विन्दुले बढेको छ । यस्तै, बैंकिङ ६.०२, होटल १.८२, विकास बैंक २९.१९, जलविद्युत् ५.०६, वित्त १.६, उत्पादन १४.४२, अन्य १.५४, लघुवित्त ११.२३, जीवन बीमा थप पढ्नुहोस् ...










