मकवानपुरमा नयाँ नोटको अभाव

उज्यालो प्रतिनिधि २८ आश्विन २०७७, बुधबार समाचार

मकवानपुर । बडादशैँ र तिहारका लागि भन्दै मकवानपुरको हेटौँडालगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु गरिएको छ । सरकारी स्वामित्वको र निजी क्षेत्रबाट सञ्चालित बैँकले सर्वसाधारण र कर्मचारीलाई आवश्यकता अनुसार विभिन्न दरको पुरानो नोट आजदेखि वितरण शुरु गरिएको नेपाल राष्ट्र बैँक हेटौँडाले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैँकले सदाझैँ यस वर्षको बडादशैँ र तिहारमा नयाँ नोट वितरण नगर्ने भनी विज्ञप्ति प्रकाशित गरिएकोले सर्वसाधारणलाई नयाँ नोटको अभाव खड्किएको छ ।

यहाँका उद्यमी, शिक्षक निजामति कर्मचारी, प्रहरी, नेपाली सेना र सर्वसाधारण सेवाग्राहीलाई उनीहरुको माग बमोजिम नच्यातिएको पुरानो नोट वितरण शुरु गरिएको राष्ट्रिय वाणिज्य बैँक हेटौँडा शाखाका प्रबन्धक हेमराज मरहठ्ठाले जानकारी दिए ।

उनका अनुसार बैंकले सेवाग्राहीको माग बमोजिम रु एक हजार, पाँच सय, एक सय, ५०, २०, १०, पाँच र रु दुई दरका पुरानो नोट वितरण गरिरहेको छ । मकवानपुरमा नेपाल बैँक लिमिटेड, कृषि विकास बैँक, राष्ट्रिय वाणिज्य बैँक र निजी क्षेत्रबाट सञ्चालित विभिन्न बैँक गरी २८ वटा बैँकले अहिले दिनहुँ रु २५ करोड बराबरको दैनिक रकम सर्वसाधारण र कर्मचारीले भुक्तानी लिने गरेको नेपाल बैँक सिटी आफिस हेटौँडाका प्रबन्धक सुरेश लामिछानेले बताए ।

पुराना च्यातिएका नोटलाई अलग राखी नच्यातिएका सफा नोटलाई प्याकिङ गरी वितरण गरिएको र ती नोट वितरण गर्न लाइनबद्ध गरी भीडभाड नगरिने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सर्वसाधारणलाई वितरण गर्ने कार्यलाई तीव्रता दिइएको पनि नेपाल बैँकका प्रबन्ध लामिछानेले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार