रोचक बिचित्र

विश्वकै सबैभन्दा इमान्दार कर्मचारी : ८४ वर्षदेखि एउटै कम्पनीमा

काठमाडौँ ।  यदि दैनिक कामको पेलाइले तपाईलाई कमजोर बनाइरहेको छ र धेरै लामो समयदेखि एउटै कार्यलयमा एउटै काम गर्दा दिक्क हुनुहुन्छ भने १०० वर्षीय वाल्टर ओर्थम्यानलाई हेर्नुहोस, जो एउटै कम्पनीमा ८४ वर्षदेखि छन् ।   गिनिज वर्ल्ड रेकर्ड्स लिमिटेडले जनवरीमा ब्राजिलका बिक्री प्रबन्धक ओर्थम्यानले एउटै कम्पनीमा सबैभन्दा लामो करिअर बनाउने व्यक्ति भएको घोषणा गरेको थियो । उनी आठ दशकभन्दा बढी समयदेखि एउटै कपडा कम्पनीमा कार्यरत थिए । शताब्दी पुरुष ओर्थम्यानले दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि इन्डस्ट्रियास रेनक्स एसएमा ढुवानी सहायकको रूपमा काम सुरु गरेका थिए । त्यतिबेला उनी जम्मा १५ वर्षका थिए । उनलाई एउटा स्थानमा पदोन्नति गरियो जहाँ उनी आजसम्म छन् । उनी काम गर्ने कार्यालयको नाम फेरिएर अहिले रेनक्सभ्यू राखिएको छ । उज्यालो नेटवर्कका अन्य समाचार पनि थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २३ बैशाख २०७९, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार