ओस्कारमा मनोनित हुने पहिलो दक्षिण एशियाली अभिनेत्री, जसले लुकाएकी थिइन् पहिचान

उज्यालो प्रतिनिधि ६ बैशाख २०७९, मंगलवार रोचक बिचित्र

काठमाडौँ ।  ओस्कारमा मनोनित हुने पहिलो दक्षिण एशियाली मुलकी अभिनेत्री हुन्, मेर्ल ओब्रान । हलिउडको स्वर्णकाल(१९१३–१९६९)मा सो फिल्म उद्योगमा काम गरेकी ओब्रानले जीवित रहुन्जेन आफ्नो व्यक्तिगत जीवनका केही महत्वपूर्ण पाटो कहिले बाहिर ल्याइनन्।

 

सन् १९११ मा बम्बई(हाल मुम्बई)मा जन्मिएकी अभिनेत्री मेर्ल ओब्रानको परिवार एक एंग्लो भारतीय थियो, अर्थात भारतलाई स्थायी घर बनाएका ब्रिटिस । सन् १९१४ मा उनले पिता भनेर चिनाएको व्यक्तिको मृत्यु भयो। त्यसपछि परिवार कोलकातामा सर्यो।

ओब्रानले सन् १९२० मा ‘कलकत्ता एमेच्योर सोसाईटी’बाट अभिनय सुरु गरेकी थिइन्। सन् १९२५ मा साईलेन्ट फिल्म ‘द डार्क एन्जेल’ हेरेपछि फिल्मकी अभिनेत्री विल्मा बान्कीबाट प्रेरित भएर अभिनय क्षेत्रमा आउने बताइन्।
दस वर्षपछि सोही फिल्मको रिमेकमा उनी प्रमुख भूमिका मात्र गरिनन्, फिल्मबाट ओस्कारमा उत्कृष्ट अभिनेत्रीको लागि छनौट भइन्। योसँगै उनी ओस्कार मनोनित हुने पहिलो दक्षिण एशियाली मुलकी अभिनेत्री बनिन्।
उनको फिल्म यात्रा सेनाको एक कर्नेलले उनलाई फिल्म निर्देशक रेक्स इनग्रामसँग परिचय गराइदिएपछि सुरु भएको थियो। इनग्रामले ओब्रानलाई उनको फिल्ममा छोटो भूमिका दिए। यो फिल्मपछि उनी थप फिल्मी करियरको लागि सन् १९२८ मा पेरिस गइन्।

ओबेरनको छालाको रंग तुलनात्मक गोरो भएको कारणले उनले आफूलाई अष्ट्रेलियाली देखाइरहिन् र मिश्रित नश्लको रहस्य लुकाइन्। हलिउडमा मिश्रित नश्लका कलकारको करिअर लामो नहुने देखेर उनले यो उपाय अपनाएकी थिइन्।

तथापि ओबेरन अन्य हलिउड अभिनेत्री जत्तिकै गोरो भने थिइनन्। फिल्मका लागि छाला गोरा बनाउन ब्लिच गर्ने गरेको र क्यामरा टेक्निक प्रयोग गर्ने गरेको बताइन्छ।
ओब्रानले जीवित रहुन्जेल उनको जन्मबारे झुटो बोलेकी थिइन्। जन्मस्थानबारे प्रश्नमा उनले आफूलाई सधैं अष्ट्रेलियाको तास्मानियामा जन्मिएको बताइरहिन्। पिताको दुर्घटनामा मृत्युपछि आफूहरु भारत आएको उनको भनाइ थियो ।
तर उनले कोलकाताबारे भने कहिले उल्लेख गरिनन्। जबकि उनी कोलकातामा हुँदा उनलाई भेटेका अंग्रेजहरुले तिनका संस्मरणमा उनको उल्लेख गरेका थिए।
ओब्रानले बताएको तास्मानियाली जन्मप्रति आशंका बढेपछि पत्रकारहरुले खोज गर्न थाले। त्यहाँ उनको परिवार बसाईको कुनै उपस्थिति भेटिएन उनीमाथि प्रश्न उठ्न थाले। जन्मबारे प्रश्न बलियो बन्दै गएपछि सन् १९६५ मा उनले मानिसहरुमाझ जान बन्द गरिदिए। उनले मृत्युभन्दा ६ वर्षअघि फिल्म उद्योगबाट सन्यास लिइन्।

मृत्युपछि खुल्यो रहस्य

सन् १९७९ मा ओबेरनको मृत्यु भएपछि बल्ल उनको पहिचानसम्बन्धी रहस्य खुल्न थाल्यो। चार वर्षपछि प्रकाशित उनको जीवनी पुस्तक ‘प्रिन्सेस मेर्लः द रोमान्टिक लाइफ अफ मेर्ल ओब्रान’मा पहिलो पटक उनको पहिचान सबैका सामु खुलासा भयो।

पुस्तकमा बम्बेमा रेकर्ड रहेको उनको जन्मदर्तादेखि भारतमा रहेका उनको नातेदारसँग्को तस्विरहरु छ। त्योभन्दा पनि अर्को ठूलो खुलासा उनको आमाबारे थियो, जुन उनका परिवार सदस्यहरुले नै बाहिर ल्याएका थिए।
जिन्दगीभर उनले जसलाई९चारलोट सेल्बी० आमा भनेर चिनाएकी थिइन्, उनी खासमा उनको हजुरआमा रहिछिन्। उनलाई सौतेनी दिदी भनेर भनेर चिनाएकी कन्स्ट्यान्स उनको वास्तविक आमा रहिछिन्।

हजुरआमा चारलोट र ओब्रानबीचको २६ वर्षको उमेरको ग्यापले मानिसहरुले उनलाई आमा मान्न सहज भयो। तर यथार्थमा ओब्रानकी आमा कन्स्ट्यान्सको जन्म चारलोट १४ वर्ष हुँदा बलात्कार भएपछि बसेको गर्भबाट भएको थियो ।
ओब्रानको वास्तविक जन्मदर्ता अनुसार ओब्रान जन्मिदाँ उनकी वास्तविक आमा कन्स्ट्यान्स जम्मा १२ वर्षकी थिइन्। ओब्रानको पिता भनेर उनको वास्तविक हजुरआमाको दोस्रो श्रीमान अर्थर ओब्रायन थोमसनलाई चिनाइएको थियो । तर आमाबारे नयाँ तथ्य सार्बजनिक भएपछि पनि उनको वास्तविक पिता को हो भन्ने अहिलेसम्म खुलेको छैन।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार