धक्काले फेरियो भाग्य : गलत नम्बरले १ अर्ब २० करोड रुपैयाँको इनाम दिलायो

उज्यालो प्रतिनिधि २९ चैत्र २०७८, मंगलवार रोचक बिचित्र

काठमाडौँ ।  जब आपसमा कोही ठोक्किए वा धक्का लागेमा माफ माग्नुको अलावा अरु के हुन सक्ला र १ तर क्यालिफोर्नियामा एक महिलालाई धक्काको बदलामा १ अर्ब २० करोड रुपैयाँ मिलेको छ । क्यालिफोर्नियाको लस एन्जलस काउन्टीमा लाक्वेड्रा एडवर्डस नामक महिला सुपर मार्केटमा लटरीको टिकट किन्न गएकी थिइन् ।

यो अवधिमा एक मानिसले उनलाई धक्का दिए, जसका कारण आफ्नो मनपर्ने नम्बर रोज्न पाइनन् र लटरी स्क्र्याच मेसिनमा उनको हात ४० डलरको टिकटमा थिचिन पुग्यो । उनले पछुतोका साथ जमीनमा झरेको टिकट उठाइन र धक्का दिने व्यक्तिलाई रिसाएर हेरिन् । उक्त व्यक्ति केही नबोलिकन चुपचाप निक्लेर गए ।

गलत नम्बरले फेरिदियो भाग्य
धक्काका कारण उनलाई गलत नम्बरमा दाउ लाग्यो र आफ्नो आवश्यकताको वस्तु किन्न नपाएकोमा लाक्वेड्रा रिसाइन् । उनी उक्त दिन केही अन्य सामान पनि किन्न चाहन्थिन्, तर भाग्यमा अन्य कुनै चिज थियो । लाक्वेड्राले केही दिनपछि कारमा राखिएको आफ्नो लटरी स्क्र्याच गरेपछि थाहा पाइन् जहाँ १ करोड डलर अर्थात १ अर्ब २० करोड रुपैयाँ जितेकी थिइन् ।

इनाम जितेपछि लाक्वेड्राले भनिन्,‘एक धक्काले मेरो भाग्य फेरियो । अब म उक्त अपरिचित व्यक्तिलाई धन्यवाद दिन चाहन्छु । उनका कारण अब म आफ्नो प्रत्येक इच्छा पुरा गर्न सक्छु । आफ्नो घर किन्न सक्छु र मानिसको भलाईका लागि एनजीओ सुरु गर्नेछु ।’

अमेरिकामा लटरीको धेरै क्रेज
अनुसन्धान कम्पनी लेन्डईडीयूको एक रिपोर्टका अनुसार अमेरिकी नागरिक आफ्नो आयको ठूलो हिस्सा लटरीमा खर्च गर्छन् । अमेरिकाको कुल ५० राज्य मध्ये ४३ मा लटरी चल्छ, ७ राज्यमा लटरी छैन । लटरी खुल्ने सम्भावना अत्यन्त कम हुन्छ । यसका बावजुद धेरै अमेरिकी लटरीको पछि लाग्ने गर्छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार