१ नं. प्रदेश

सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की

काठमाडौँ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान दिनु सरकारको दायित्व भएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले सुरक्षार्कीको आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । त्यस अवसरमा मन्त्री कार्कीले जग्गादाता तथा निर्माणकार्यमा सहयोग पु¥याउनुहुने महानुभावहरूलाई प्रशंसापत्रद्वारा सम्मान प्रदान गरेको थियो । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट रु एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण भएको छ । कार्यक्रममा प्रदेश नं १ प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले भवनको निर्माणमा प्रत्यक्ष–अप्रत्यक्षरूपमा सहयोग पु¥याउनुहुने सम्पूर्णमा धन्यवाद दिए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १५ चैत्र २०७८, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार