कांग्रेसले सराङपाडाका एक अशक्तको घर बनाइदिने

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७८, मंगलवार १ नं. प्रदेश

भोजपुर । नेपाली कांग्रेसले कमल गाउँँपालिका–१ सराङपाडा बस्ने एक अशक्तको परिवारलाई घर बनाइदिने भएको छ । लामो समयदेखि त्यहाँ बस्दै आए पनि आर्थिक अभावका कारण घर बनाउन नसकेका बोल्न नसक्ने दीनानाथ न्यौपानेलाई कांग्रेसको अगुवाइमा घर निर्माण गरिदिने भएको हो ।

निर्माण हुने घरको आज एक कार्यक्रमबीच कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले शिलान्यास गरे । कमल–१ का वडाध्यक्षसमेत रहनुभएका कांग्रेस कमलका उपसभापति केदार कटुवालका अनुसार अतिविपन्न आर्थिक अवस्था भएका न्यौपानेको घर निर्माण कार्य सुरु गरिएको छ । दुई कोठे पक्की आवासगृह बनाउन रु पाँच लाख लाग्ने अनुमान गरिएको छ । ओत लाग्न समस्या झेल्दै आएका न्यौपाने परिवारको दैनिक जीवनयापन सहज बनाउन घर निर्माण सुरु गरिएको उनले बताए ।

घर निर्माण गर्न कांग्रेस महाधिवेशन प्रतिनिधि सत्यनारायण चौधरीले रु एक लाख ११ हजार १११ सहयोग दिनुभएको छ । कांग्रेस कार्यकर्ता, शुभेच्छुकको सहयोग जुटाएर घर निर्माण सम्पन्न गरिने बताइएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार