सडक बिस्तारको बहानामा डिभिजन बनको स्वीकृति बिना भकाभक रुखहरु ढाँलिदै

उज्यालो प्रतिनिधि १९ फाल्गुन २०७८, बिहीबार १ नं. प्रदेश

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नं-४ अन्तर्गतको भाते-निगाले-रुवाला सडकखण्डको (झिल्केपाखा) पाखाल्नी भन्ने स्थानमा मर्मतको बिकल्प हुँदाहुँदै मनोमानी ढंगले जथाभाबी बिना मापदण्ड बाटो खन्ने र डिभिजन वन कार्यालयको अनुमति बिना सयौँ सल्ला र सालको रुखहरु ढाल्ने काम भईरहेको छ ।

रौतामाई गाउपालिकाको बजेट रहेको उक्त सडकखण्डमा सडक मर्मतको पर्याप्त विकल्प हुँदाहुँदै सल्ला र सालको रुखहरु ढालेर व्यापार गर्ने उदेश्यले भगवती सामुदायिक बन अन्तर्गत पर्ने उक्त सडकखण्डमा डिभिजन बन कार्यालय त्रिबेणी कटारीको अनुमति र स्वीकृति बिना नै सडक बिस्तारको बहानामा सयौं रुखहरु जथाभाबी ढालीरहेको जानकारी स्थानियहरुले डिभिजन बन कार्यालय कटारीलाई गराएपछि तत्कालै कर्मचारीहरु उक्त ठाउँमा खटाएको जानकारी सहायक वन अधिकृत भोबिन्द्र मण्डलले जानकारी दिए ।

पहिरोको उच्च जोखिम रहेको उक्त ठाउँमा जथाभाबी सडक खनेर झनै जोखिम निम्त्याएको भन्दै स्थानीयहरु आक्रोसित बनेका हुन् । डिभिजन बन कार्यालयको अनुमतिबिनै सयौंको संख्यामा रुखहरु काटिनु खेदजनक रहेको स्थानियहरुको भनाई छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार