भुल्केमा थप ३३ जनाको स्वाब नमूना सङ्कलन
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मङ्गलबार थप ३३ जनाको स्वाब नमूना सङ्कलन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केका ५५ घर मुस्लिम समुदायका केही परिवारमा मात्र कोरोना सङ्क्रमण देखिएको भए पनि अहिले अन्य समुदायका मानिसले पनि आफूहरुको स्वाब नमूना सङ्कलन र परीक्षण हुनुपर्ने माग गरेपछि भुल्केमा थप स्वाब नमूना सङ्कलन गरेको हो । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार अहिलेसम्म भुल्केमा ३३४ व्यक्तिमा स्वाब नमूना सङ्कलन गरेको र तीमध्ये २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मुस्लिमबाहेक अन्य समुदायका स्थानीय बासिन्दाले पनि आफूहरुको स्वाब नमूना सङ्कलन र परीक्षण हुनुपर्ने माग गरेपछि मङ्गलबार थप ३३ जनामा स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । भुल्केमा ५५ घर मुस्लिम समुदाय र थप पढ्नुहोस् ...












