हाम्रो सुन्दर जीवन रक्षाका लागि लकडाउनको कुनै विकल्प नभएको मुख्यमन्त्री राईको भनाइ

उज्यालो प्रतिनिधि १ बैशाख २०७७, सोमबार १ नं. प्रदेश

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशिक लक्ष्य र चाहनालाई तीव्र गतिमा मूर्त रुप दिने वर्षका रुपमा रहने समृद्ध विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ का अवसरमा सन्देश दिँदै मुख्यमन्त्री राईले हाम्रो सुन्दर जीवन रक्षाका लागि लकडाउनको कुनै विकल्प नभएको स्पष्ट पारेका छन् ।

आज बिहान ८ बजे दिनुभएको सन्देशमा उनले भनेका छन, ‘भारतमा बढ्न सक्ने सम्भावित सङ्क्रमण र हाम्रो खुला सीमाहरुका कारण हामीले उच्च सर्तकता अपनाउनु पर्नेछ । कुनै पनि नाम वा बहानामा हाम्रो दक्षिणतर्फको नाकाहरुबाट हुन सक्ने आवागमनलाई कडाइ गर्नुपर्नेछ । यो नै हाम्रो यस प्रदेशको सुरक्षाको मूल कडी हो ।’

सामाजिक दूरीलाई कायम राखेर अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन, केही लक्षण र आशंका भए तत्काल स्वास्थ्य परीक्षण गर्न र होमक्वारेन्टाइनमा बस्न तथा थप समस्या देखिए अन्य क्वारेन्टाइन र आइसोलेशनमा बस्न प्रदेशवासीमा उनले आग्रह गरेका छन् ।

प्रदेशका सबै दल एकजुट र एकमत भएर कोरोना भाइरसको नियन्त्रणका लागि जुटेकाले नै महामारी नियन्त्रणका लागि सरकारलाई थप टेवा पुगेको बताउँदै उनले आगामी दिनमा पनि यस्तो सम्झदारी र एकता निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार