पर्यटक आगमन लयमा फर्कन सकेन
म्याग्दी, कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्कन सकेको छैन । कोरोना महामारी सुरु हुनुअघि २०७५ सालसम्म वार्षिक ७५ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न आउने म्याग्दीमा हाल वार्षिक ३० हजारको हाराहारीमा मात्र पर्यटक आउने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रिने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार आव २०८१/८२ मा ३० हजार आठ सय ६५ जना पर्यटकले म्याग्दीका पर्यटकीयस्थलको अवलोकन गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा ३१ हजार तीन सय ३४ र आव २०७९/८० मा २९ हजार तीन सय २८ तथा आव २०७८/७९ मा सात हजार नौ सय २६ विदेशी पर्यटकले जिल्लाको भ्रमण गरेका थिए थप पढ्नुहोस् ...













