उज्यालो फोकस

दार्चुला घट्नाको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौँ । दार्चुला घट्नाको विरोधमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालस्थीत भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । दार्चुला घटनालाई संगठनले ‘भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन’ को संज्ञा दिएको छ । उनीहरुले उक्त घटनाको छानविन गरि दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले नेपाल र नेपालीमाथि तथा राष्ट्रियतामाथिको ज्यादती सैह्य नहुने भन्दै बिरोध गरिएको बताए । भारतीय पक्षबाट नेपालीमाथि गर्ने जघन्य अपराधमा नेपाल सरकार मौन हुनु दुखद रहेको उनको भनाई छ । संगठनले नेपाल भारतबीचको असमान सन्धी सम्झौता पनि खारेज हुनुपर्ने माग गरेका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १८ श्रावण २०७८, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार