नागढुङ्गा सुरुङमार्ग : १८ प्रतिशत काम सम्पन्न

उज्यालो प्रतिनिधि १७ श्रावण २०७८, आईतवार उज्यालो फोकस

काठमाडौँ । बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने कामले गति लिएको छ । हालसम्म १८ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

आइतबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गरेको सुरुङमार्गका अनुगमनका क्रममा हाल सुरुङमार्ग खन्ने काम तीव्र गतिमा अगाडि बढको जानकारी गराइएको हो । दैनिक १३ देखि १४ मिटर खन्ने लक्ष्य भए पनि हाल दैनिक आठ मिटर खन्ने काम भइरहेको जापानी प्राविधिक टोलीले जनाएको छ । अनुगमनका क्रममा समिति सदस्यहरुले सुरुङमार्ग निर्माणको अवस्थाका साथै यसले पार्ने प्रभावका बारेमा पनि जानकारी लिएको थियो । समिति सभापति तारादेवी भट्टले तिव्र गतिमा काम भएपनि निकै चूनौति र समस्या देखिएको बताए । सुरुङमार्गबाट स्थानीय वस्ती पनि जोखिममा रहेकाले यसको समाधान गर्दै आयोजना सम्पन्न गर्नुपर्ने उनको भनाई छ । उहाले सुरुङमार्गका बिषयमा सरकारसंग छलफल गर्ने जानकारी दिए ।

काठमाडौँको थानकोट दहचोकदेखि–सिस्नेखोलासम्म सुरुङको लम्बाई २.५ किलोमिटर, चौडाई ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ । यो सडकले नागढुङ्गाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ भने सडकको लम्बाइ आठ किलोमिटर कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट दश मिनेटमा नौबिसे पुग्न सकिनेछ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार