छिन्ताङको ‘हाम्रो खानीखोला’ सार्वजनिक (भिडियो हेरौँ)

उज्यालो प्रतिनिधि १६ श्रावण २०७८, शनिबार उज्यालो फोकस

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ को हाम्रो खानीखोला बोलको गीत सार्वजनिक भएको छ ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धका क्रममा छिन्ताङले सयौँ जनवादी गीतको रचनासँगै संगीत भरेका थिए । उनको कयौँ गीत चर्चित छन् ।

उनै छिन्ताङले काभ्रेको डाँडापारिस्थित खानीखोला गाउँपालिकाको परिवेशलाई समेटिएर गीत लेखेका छन् । संगीत पनि छिन्ताङले नै भरेका हुन् ।

गीतको शनिबार नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भव्य कार्यक्रमकाबीच विमोचन गरे । कार्यक्रममा पूर्वराज्यमन्त्री सुर्यमान दोङ, माओवादी केन्द्र काभ्रेका अध्यक्ष रुकु चौलागाई, प्रदेश सांसद रत्न ढकाल, नेता दिनानाथ गौतम लगायत उपस्थित थिए ।

गीतमा निर्मला घिसिङ र रमन थामीले स्वर दिएका छन् । त्रिताल स्टुडियो काठमाडौंमा रेकर्डिङ भएको गीतको एरेन्ज र मिक्सिङ भने सुन्दर लामाले गरेका हुन् ।

गीतको छायांकनका लागि विवेक लोप्चन र यमन माझीले दृश्य छायांकन गरेका छन् ।

भिडियो हेरौँ

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार