म्याद गुज्रिएको सामानलाई ‘रिलेबलिङ’ गर्ने गोदाममा छापा, २ जना पक्राउ

उज्यालो प्रतिनिधि १७ श्रावण २०७८, आईतवार उज्यालो फोकस

काठमाडौँ । नेपाल प्रहरीले म्याद गुज्रिएको सामानलाई ’रिलेबलिङ’ गर्ने गोदाममा छापा मारेको छ ।

आइतबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सानो भर्याङस्थीत एक घरमा छापा मार्दा म्याद गुज्रिएको सामानमा ’रिलेबलिङ’ गर्ने गरेको पाइएको हो । सो क्रममा प्रहरीले वीरगन्ज घर भएका अविनाश अग्रवाल र अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । म्याद गुज्रिएका सबै प्रकारका सामानहरू ल्याएर अर्को म्याद भएको लेबल टाँसेर पुन विभिन्न ठुला मार्टहरूमा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले घरायसी सामानहरुलाई पुन लेवलिङ गरेर पुन बजारमा पठाइएको पाइएको जानकारी दिए । भाटभटेनी बिगमार्ट लगाएतका स्थानबाट सामान ल्याएर ’रिलेबलिङ गरेको देखिएको उनको भनाई छ ।

अग्रवालले साढे तीन तल्लाको घर भाडामा लिएर यस्तो काम गर्दै आएको खुलेको छ । प्रहरीसहित पुगेको बाणिज्य बिभागको टोलीले उक्त घरमा सिलवन्दी गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार