राष्ट्रिय लोक दोहोरी व्यवसायी संघ नेपालको ‘तेस्रो बार्षिक साधारण सभा – २०७७’ सम्पन्न
काठमाडौँ । राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ, काठमाडौं, नेपालको “तेस्रो बार्षिक साधारण सभा – २०७७” सम्पन्न भएको छ । “लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतीका संरुक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मुल नारा सहित चैत्र ७ गते शनिबारका दिन काठमाडौको नयाँबसपार्कस्थित पत्रकार सम्मेलन गरी तेस्रो बार्षिक साधारण सभा – २०७७” सम्पन्न भएको जानकारी गराएको हो । अध्यक्ष रिम बहादुर खत्रीको सभापत्तित्वमा सम्पन्न भएको तेस्रो बार्षिक साधारण सभा २०७७ लाई प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले कार्यक्रम उद्घाटन गर्दै अब काठमाडौंमा राती कती बजे सम्म दोहोरी साँझ लगायत अन्य रात्रीकालिन् ब्यवसायहरु सञ्चालन गर्न पाउने भन्ने नयाँ निती ल्याउन तयारी भईरहेको बताए । कार्यक्रममा बिशेष अतिथीको रुपमा प्रहरी नायब उपरिक्षक रोशन खड्का, चर्चित गायक बिमलराज क्षत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका थप पढ्नुहोस् ...













