मोडल शिव खड्का र दिप्ति गोम्जाको अभिनयमा ‘सिमलैमा मैना’ आउँदै

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार कला/साहित्य

काठमाण्डौ । पछील्लो समय नेपाली कलाकारिता क्षेत्रमा व्यस्त मोडल शिव खड्का र दिप्ति गोम्जाको अभिनयमा नयाँ म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।

‘सिमलैमा मैना’ बोलको गीतमा मोडल दिप्ति गोम्जासँगै मोडल खड्कालाई दमदार अभिनयमा देख्न सकिनेछ । दिर्घायु लजिस्टिक प्रालीको प्रस्तुतीमा निर्माण भएको उक्त म्युजिक भिडियो चाडै बजारमा आउने मोडल खड्काले जानकारी दिए ।

“यो भन्दा अगाडि गरेको म्युजिक भिडियोमा पनि सबै जनाले राम्रो प्रतिकृया दिएका छन । मलाई लाग्छ,हामीले यो भिडियोलाई पनि निकै मेहिनेत गरेर बनाएका छौ । दर्शकहरुले मन पराउनु हुनेछ भन्ने विश्वास छ ।” उनले भने ।

मोडल शिव खड्काले ‘घर बार भाछैन’ म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको यात्रा प्रारम्भ गरेका हुन भने उनले अभिनय गरेका दोस्रो म्युजिक भिडियो ‘तिमी भन्छौ’, ”माछी खोलिमा’ गरी आधा दर्जन बढी म्युजीक भिडियोमा अभिनय गरिसकेका छन ।

मोडल खड्का युवा ब्यवसायी समेत हुन ।

गीतमा अर्जुन सापकोटा र समिक्षा अधिकारीको आवाज रहेको छ् । कृष्ण बस्यालको शब्द रचना, अर्जुन सापकोटाको संगीत रहेको छ भने अर्जुन बिक ‘भान्जा’ले संगीत सयोजन गरेका हुन ।

भिडियोलाई कोरियोग्राफि र निर्देशन ट्यालेन्टेड निर्देशक एंव कोरियोग्राफर प्रतिक ङेसुरले भिडियोमा नयाँ प्रयोग गरेका छन भने छायांकन,सम्पादन,कलर र ड्रोन सुर्य लामाले गरेका छन ।

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार