राससको तस्बिर प्रदर्शनीले मुलुकको पूर्वाधारसम्बन्धी गलत ‘भाष्य’ चिरेको छ : पूर्वअध्यक्ष रेग्मी
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पछिल्लो समय मुलुकले पूर्वाधारका क्षेत्रमा फड्को मार्न थालेको बताएका छन् । गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति(रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उहाँले सडक, विद्युत् र डिजिटल पूर्वाधरलगायतको विकासबाट मुलुक समृद्धिको यात्रामा अघि बढ्दै गरेको बताए । पूर्वअध्यक्ष रेग्मीले नेपाल गतिशीलरुपमा विकासका काम गर्दै अघि बढिरहेको छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले दिएको बताए । पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुला तथा हिमालदेखि तराईसम्मका भूभागमा भइरहेका विकास निर्माणका गतिविधि प्रदर्शनीमा राखिएकाले पूर्वाधारका क्षेत्रमा गतिशीलता रहेको स्पष्ट परेको उनको भनाइ थियो । “प्रदर्शनीले तमोर, कोशी, कालीगण्डकी र कर्णाली करिडोर तथा मानव विकास सूचकलगायत पूर्वाधारका प्रगतिका सम्बन्धमा स्पष्ट पारेको छ”, पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “प्रदर्शनीले नेपालमा पूर्वाधारका क्षेत्रमा केही पनि भएको छैन थप पढ्नुहोस् ...











