गणतन्त्र दिवसको अवसरमा भब्य कार्यक्रम गर्दै नेपाली जनप्रगतिशिल मन्च जापान

उज्यालो प्रतिनिधि १३ जेष्ठ २०८१, आईतवार समाचार

टोकियो ,जापान । नेपाली जनप्रगतिशील मन्च जापान राष्ट्रिय कमिटीको आयोजनामा टोकियोमा भव्य कार्यक्रम गरिने भएको छ। मञ्चले गणतन्त्र दिवसको अवसर पारेर “गणतन्त्रको उपलब्धि र चुनौती”विषयक बृहत अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो।

आउँदो जुन २ तारिख आइतबारको दिन गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न संघसंस्था लगायत जापानको राजदूतलाई समेत निमन्त्रणा गरिएको मञ्चका महासचिव दावा लामा शेर्पाले जानकारी दिए।

नेपाली राजनीतिक इतिहासमा भएका विभिन्न आन्दोलनहरूमध्ये २०५२ सालको जनयुद्ध हुँदै ६२ र६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिबाट नै गणतन्त्र सम्भव भएको हुनाले गणतन्त्रको क्रेडिट आफ्नो संगठनले अलि बढी लिएर नै कार्यक्रम गर्न लागिएको मन्चका अध्यक्ष मोहन पौडेल बताउँछन्। यद्यपि गणतन्त्र प्राप्तिका लागि सबै राजनीतिक दलहरूको भूमिका उत्तिकै रहेको अध्यक्ष पौडेलको दाबी छ।

जापानको टोकियो स्थित रोयल गार्डेन रेस्टुरेन्टमा गरिने उक्त कार्यक्रमको ब्यानर सहित प्रचारप्रसारको काम तीव्र पारिएको प्रबक्ता जिपि लामिछानेले बताए। नेपालमा गणतन्त्र प्राप्तिका लागि आफ्नो संगठन मात्रै नभई अन्य संघसंस्था र संगठनको भुमिका पनि उत्तिकै रहेको हुनाले उहाँहरूको उपस्थितिलाई समेत जोड दिँदै निमन्त्रणा गरिएको मञ्चका उपाध्यक्ष बाबुराम पौडेलले बताए। उक्त कार्यक्रममा एशिया प्रदेश संगठनका सह संयोजक डाक्टर भुपालमान श्रेष्ठ ,सचिव भवानी पन्त ,सदस्यहरू कालिका थापा ,शालिकराम भण्डारी, हवलचन्द्र लामा ,रामहरि पुडासैनी लगायतको उपस्थिति रहने छ १ साथै उक्त कार्यक्रमको समय भने दिउँसो २ बजेका लागि तोकिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार