चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
चितवन, भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको हो । जिल्ला प्राङ्गारिक सङ्घ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार २ वर्षदेखि यहाँ उत्पादित गाजर र चुकन्दर ‘द अग्र्यानिक भ्याली’ संस्थाले विदेश पठाउन थालेको हो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तरराष्ट्रियस्तरबाट प्रमाणीकरण गरी कृषि उपज निर्यात गर्न थालिएको उनले बताए । उनका अनुसार यस वर्ष यही फागुन १५ गतेदेखि ती उत्पादन पठाउने तयारी गरिएको छ । यहाँको २० बिघा अग्र्यानिक क्षेत्रका रूपमा मान्यता पाएको बताउँदै उनले भने, “१२ बिघामध्ये ६० प्रतिशत क्षेत्रफलमा गाजर र ४० प्रतिशतमा चुकन्दर लगाइएको छ । यहाँको उत्पादनलाई विदेशी उपभोक्ताले विश्वास गरेपछि निर्यात सुरु थप पढ्नुहोस् ...











