झापामा ६१६ नयाँ क्षयरोगी

उज्यालो प्रतिनिधि ४ फाल्गुन २०८१, आईतवार समाचार

बनियानी (झापा), झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिए । त्यसमा ३७९ पुरुष र २१९ महिला छन् ।

चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेको उनले बताए । क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेको उहाँले बताए ।

आर्थिक वर्ष २०७९÷८० मा एक हजार ४५ र आव २०८०÷८१ मा एक हजार २६० नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उनले पछिल्लो समय झापामा क्षयरोगीको सङ्ख्या बढ्दै गएको बताए । “समुदायस्तरमा गएर बिरामीको खोजी गर्ने हो भने रोगीको सङ्ख्या अझै बढ्छ”, उनले भने, “सरुवा रोग भएकाले विशेष खोजपड्ताल अभियान चलाउनु जरुरी छ ।” नयाँ फेला परेका सबै बिरामीले नियमित औषधि सेवन गरिरहेको उनले बताए ।

जिल्लामा फेला नयाँ क्षयरोगी २५ वर्षदेखि ५५ वर्ष उमेर समूहका धेरै छन् । झापाको दमक र मेचीनगरको धुलाबारीमा क्षयरोगीको सङ्ख्या धेरै रहेको स्रोतव्यक्ति दास बताउछन् । जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने क्षयरोगको औषधि बिरामीले छ महिनासम्म सेवन गर्नुपर्छ । औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक रु ५०० प्रोत्साहन रकम दिने गरिएको छ ।

सङ्घीय कार्यक्रमअन्तर्गत झापाका तीन पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियानसमेत सञ्चालित छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।

क्षयरोग के हो ?

श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग क्षयरोग ‘माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने गर्दछ । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।

कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन् । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार