ओलीको ‘तानाशाह’ र नेकपाको ‘श्राद्ध’
जनताको अत्यधिक मतबाट निर्वाचित कम्युनिस्ट पार्टीबाट बनेको कम्युनिस्ट प्रधानमन्त्री, डेढ दशक जेल जीवन बिताएको नेता, सत्तारुढ दलको अध्यक्ष एवं संसदीय दलको नेता, जसले लोकतन्त्र नै खतरामा पर्ने गरी सोच्ला भन्ने सायदैले कल्पना गर्लान् । तर, जे हुनु हुँदैनथ्यो, एकपछि अर्को त्यस्तै गतिविधि भइरहेका छन्, कम्युनिस्ट पार्टीका अध्यक्ष देशका प्रधानमन्त्रीबाट ओलीको सत्तारोहणका अढाइ वर्ष यस्तै विवाद र अलोकतान्त्रिक निर्णयहरुबाट व्यतित हुँदै आएको छ । जनतामा हताश व्याप्त छ भने जनता ओलीको कार्यशैली प्रती नेपाल कम्युनिष्ट पार्टीबाट विमुख हुँदै गएको छन । कुनै पनि राजनीतिक पार्टीको लक्ष्य, उद्देश्य, कार्यक्रम, रणनीति, कार्यनीति र आचरण उसको विचारधारात्मक एवं राजनीतिक कार्यदिशा पार्टीले निर्धारण गर्दछ । पार्टीले सरकार संचालकलाई त्यही लक्ष्य, उद्धेश्य, कार्यक्रम, रणनीति एवं राजनीतिक कार्यदिशाको साथ बाहीरि र भित्रिरुपमा सरकारलाई साथ–(सहयोग दिएर जनतालाई भोटको थप पढ्नुहोस् ...





