२४ कार्तिक २०७७, सोमबार

बालुवाटारमा विघटित कार्यदलका सदस्यको भेला ! जनार्दन शर्मा भन्छन्–मलाई थाहा छैन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ कार्तिक २०७७, सोमबार समाचार
2.6kViews
1991 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि विघटित कार्यदलका सदस्यहरु बालुवाटार पुुगेका छन् । प्रधानमन्त्री ओलीले विवाद समाधानका लागि गत ३० साउनमा बनेको कार्यदललाई बालुवाटार बोलाएका हुन् ।

यो पनि पढ्नुहोस् ...  बलात्कार गरेको अभियेगमा काँग्रेस नेता पक्राउ

नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगिरहँदा प्रधानमन्त्री ओली र प्रचण्ड दुुइपक्षिय छलफलमा छन् । यसअघि स्थायी कमिटीमा उत्पन्न विवाद समाधानका लागि उक्त कार्यदल बनेको थियो ।

यही कार्यदलले बनाएको प्रतिवेदनका आधारमा स्थायी कमिटीले निर्णय गरेको थियो । कार्यदलले पेस गरेको प्रतिवेदन कार्यान्वयनमा समस्या र नेताहरुको आ–आफ्नै बुझाइ भएपछि थप छलफलका लागि बोलाइएको बालुवाटार निकट स्रोतले बताएको छ ।

यो पनि पढ्नुहोस् ...  काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि दिन प्रतिदिन चुक्दै स्वास्थ्यमन्त्री

महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलका सदस्यहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन् ।

तर, कार्यदलका सदस्य समेत रहेका जनार्दन शर्मा भने बालुवाटारमा भएको छलफलबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । उज्यालो नेटवर्कसँगको कुराकानीका क्रममा शर्माले भने, ‘बालुवाटारमा बैठक बसेकोबारेम थाहा छैन मलाई । म त बिरामी भएर घरमा सुतिरहेको छु ।’

यो पनि पढ्नुहोस् ...  एक्सनमा एसपी प्रवीण पोखरेल, पेस्तोलदेखि अवैध लागू औषधसम्म बरामद

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार