काठमाण्डौ । बानेश्वरको आईपेक्स मलमा रहेको जिल्ला खेलकुद बिकास समिती रसुवाको अध्यक्ष एंव काराते गुरु दावा तामाङ्ले सञ्चालन गर्दै आइरहेको Freestyle दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा जनउद्धार सेवा समितिलाई ९९९९.९ ( अक्षरुपी नौ हजार नौ सय उनानसय दशमलब नौ रुपैयाँ) सहयोग प्रदान गरेका छन । Freestyle फोटो प्रतियागितामा भाग लिएकाहरु मध्ये ३ विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रमबिच उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।
जन उद्धार सेवा समितिले अनाथ बालवालिका पुर्नस्थापना र ती बाल बालिकाको गाँस, बास र कपडाको साथै उच्च शिक्षाका साथ अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी देशलाई योगदान दिन सफल (साफ गेममा उहाँको संस्थाबाट खेल्ने ११ जनाले पदक प्राप्त) अन्तराष्ट्रिय कराँतेका रेफ्रि तथा प्रशिक्षक ध्रुब बिक्रम मल्ल अध्यक्ष रहि संचालन गर्दै आइरहेका छन ।


उक्त फोटो प्रतियोगीतामा सबैभन्दा बढी लाइक प्राप्त गर्ने विजय तामाङले प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने फस्ट रनर अपमा सरोज नेपाली र सेकेन्ड रनर अपमा विवेक लोप्चनले विजय हासिल गर्न सफल भएका थिए ।
उक्त कार्यक्रममा Freestyle ले गोम्बो कन्सट्रक्सन प्रालीलाई कस्टमर अफ दि इयर घोषणा गरेका थिए भने मिडिया पार्टनर उज्यालो नेटवर्कलाई गिफ्ट प्रदान गरेका थिए ।


‘फेरी पनि हामीले यस्ता प्रतियोगीताहरु सञ्चालन गर्नेछौ । तपाईंहरुको थप हौसला र मायाको खाँचो छ । फोटो प्रतियोगीतामा भाग लिने सम्पूर्ण र मलाई सधैं साथ सहयोग गर्नुहुने कोभिड्-१९ को प्रवाह नगरीकन मौखिक निमन्त्रणालाई स्विकार गरी कार्यक्रममा उपस्थित हुने सम्पूर्णमा धेरै धेरै धन्यवाद । साथै नजिकिदै गरेको बडादशै तथा शुभ दिपावलीको शुभकामना ।’ जिल्ला खेलकुद बिकास समिती रसुवाको अध्यक्ष एंव काराते गुरु दावा तामाङ्ले भने ।


विजेताहरुलाई अन्तरराष्ट्रिय कराँतेका रेफ्रि तथा प्रशिक्षक ध्रुब बिक्रम मल्ल, साफ गोल्ड मेडलिष्ट अनुपमा मगर र यसर राईले पुरस्कार प्रदान गरेका थिए ।








