जलवायु परिवर्तनको जानकारी दिन जलवायु कचहरी कार्यक्रम

उज्यालो प्रतिनिधि २७ फाल्गुन २०७७, बिहीबार कर्णाली प्रदेश

हुम्ला । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जलवायु परिर्वतनसम्बन्धी जानकारी दिने हेतुले जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा उत्थानशील र समावेशी अभ्यासको विकास परियोजनाअन्तर्गत सर्केगाड–८ राहदेव गाउँमा शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग, किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरण र वडा कार्यालयको समन्वयमा जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको तल्लो क्षेत्र बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट उच्च जोखिममा रहेकाले विभिन्न समयमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गरिँदै आएको बताइएको छ । जलवायु परिवर्तनका असरबाट पछिल्लो समय हुम्लामा हिमपात तथा वर्षा अनियमित हुने गरेको छ ।

वडा आठका महिला, पुरुष तथा बालबालिका उपस्थितमा जलवायु कार्यक्रममा जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकूल मौसम जस्ता प्राकृतिक प्रकोप आइपरेको जानकारी गराइएको किडार्क नेपालका सामुदायिक सहजकर्ता पवित्रा देवकोटाले जानकारी दिए । जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भए पनि विपद्को अवस्थामा सबैभन्दा शुरुमा बालबालिकालाई धेरै जोखिम हुने गरेको सहजकर्ता उहाँले जानकारी दिए ।

यस्ता प्रकोपले बालबालिकालाई शारीरिक र मानसिक असर गर्नुका साथै वयस्कमा भन्दा उनीहरुमा उक्त असर लामो समयसम्म रहने उहाँको भनाइ थियो । जलवायु परिवर्तनले सर्वव्यापी चुनौती खडा गर्ने भए पनि यसको सामना गर्नका लागि बालबालिका र जोखिममा रहेका परिवार तथा समुदायमाथि विशेष ध्यान दिन जरुरी रहेको उनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार