मुख्यमन्त्री कार्यालय अगाडि वादी धर्नामा

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार कर्णाली प्रदेश

काठमाडौँ । जमीन माग्दै कर्णालीका वादी समुदाय मुख्यमन्त्री कार्यालय मूलद्वार अगाडि धर्नामा बसेका छन् । सोमबार बेलुकादेखि उनीहरु जमीन र घर माग्दै मुख्यमन्त्री कार्यालय नजिकै धर्नामा बसेका हुन् ।

वादी समुदायले खेतीपाती गर्नका लागि स्थायी लालपुर्जासहितको जमीन, बस्नका लागि घर र रोजगारीको माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको द्वार नछाड्ने बताएको छ । आज दिउँसो पत्रकारसँग कुरा गर्दै उनीहरुले आफ्ना माग पूरा नभएसम्म धर्नामा बस्ने बताएका छन् । माछा मार्ने, बालुवा चाल्ने र मादल बनाएर गुजारा चलाउँदै आएका यी समुदाय परम्परागत पेशा लोप भएपछि सङ्कटमा रहेका छन् ।

परम्परागत पेशा लोप भएपछि साँझ बिहानको गुजारा चलाउन पनि समस्या भएको वादी समुदायका अगुवा हिक्मत वादीले बताए । “हामीलाई माछा मार्न स्थानीय सरकारको अनुमति चाहिन्छ । मादल र सुल्पा बिक्री हुँदैनन्”, उनी भन्छन, “हाम्रो अरु केही विकल्प नभएपछि जमीन र घर माग्दै सरकार गुहार्न आएका हौँ ।”

स्थानीय सरकारलाई आफ्ना गुनासा सुनाउँदा उनीहरुबाट सुनुवाइ नभएपछि प्रदेश सरकारसँग जमीन माग्न सुर्खेत आएको धर्ना बसेका प्रेम वादीले बताए । उनले भने, “हाम्रो समुदायलाई स्थायी पूर्जासहितको जमीन, बास र रोजगारीको ग्यारेन्टी नहुँदासम्म घर फर्किदैनौँ ।”

जमीन र घर माग्दै आएका वादी समुदायसँग अहिले छाना, नाना र खाना छैन । चिसो मौसममा खुला आकाशमुनि धर्नामा बसिरहेका छन् । परम्परागत पेशाले जीवन धान्न नसकिने भएकाले जमीन माग्न आएको हरि वादीले बताए । कालीकोट र दैलेखका करीब ४०० को सङ्ख्यामा वादी समुदाय सुर्खेतमा आएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार