रुपन्देही सुपरलिग : एमसीसी क्रिकेट क्लब विजयी

रविन्द्र प्रताप गुप्ता रविन्द्र प्रताप गुप्ता ११ फाल्गुन २०७७, मंगलवार समाचार

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको डिभिजन ‘ए’ को खेलमा एमसीसी क्लबले विजयी सुरुवात् गरेको छ । एमसीसीले सैनामैना क्रिकेट क्लबलाई १०८ रनको भारी अन्तरले पराजित गरेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १९२ रनको योगफल बनायो । उसका लागि प्रियांसु श्रेष्ठले ५६, विशाल मौर्यले ४१, मोहम्मद हुसेनले २०, सुशान्त थापाले १८ र रोशनलाल गुप्ताले १३ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेलले ३, विशाल भुसालले २ तथा उदय पन्त, कृष्ण गिरी र बसन्त खड्काले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैना २७.५ ओभरमा अलआउट हुँदै जम्मा ८४ रन मात्रै जोड्न सक्यो । उसका लागि मनिष क्षेत्रीले २५ र सुनिल पौडेलले नटआउट १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा एमसीसीका सन्तोष यादवले ४ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, मोहम्मद हुसेन र रमेश कुर्मीले २÷२ तथा रोशनलाल गुप्ता र विशाल मौर्यले समान १÷१ विकेट लिए । बुधबार डिभिजन ‘ए’ का बुद्ध क्रिकेट क्लब र बुटवल राइनोजबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सह–प्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

 

Facebook Comments

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार