कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा ल्होसार पर्वको शुभकामना

कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘ग्याल्पो र सोनामल्होसार पर्व, २०७७’को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले नयाँ वर्ष आरम्भको रूपमा बौद्ध धर्मावलम्बीहरुले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति र समृद्धिको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन ।

उनले बाह्र पशुपक्षी र जीवजन्तुका नामबाट वर्ष नामकरण गरी सोहीअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिप्रदाको दिन मनाउँदै आएको बौद्ध धर्मावलम्बीहरुको ग्याल्पो ल्होसारअनुसार आजदेखि मुसा वर्ष सकिएर गोरु वर्ष शुरु भएको र तामाङ समुदायको सोनाम ल्होसारअनुसार सुङ्गुर वर्ष शुरु भएको अवसरमा यस पर्वले नेपाल र नेपालीमा आपसी भाइचारा, सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुग्ने बताएका छन ।

जारी सन्देशमा प्रदेश प्रमुख कलौनीले भनेका छन, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक विविधता रहेको नेपाली समाजमा यस प्रकारका चाडपर्वले सामाजिक सद्भाव र एकतालाई दिगो एवं दरिलो बनाउन सहयोग गर्छ र यसमा हामी सबैको साझा दायित्व हुनुपर्दछ । ल्होसार पर्वले सम्पूर्ण नेपालीलाई एकताबद्ध गरी स्वच्छ, सुखी र समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार