पाउन थाले महाबुवासीले स्वास्थ्य सेवा

काठमाडौँ । महाबु गाउँपालिकाका बासिन्दाले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेका छन् । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसिन सेवा जोडिएपछि नागरिकले स्वास्थ्यसेवा पाउन थालेका हुन् । बालरोग विशेषज्ञ डा नवराज केसीको पहलमा टेलिमेडिसिन स्वास्थ्यसेवा शुरु गरिएपछि महाबु गाउँपालिकाका नागरिकले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेको गाउँपालिका अध्यक्ष जङगबहादुर शाहीले बताए ।

गाउँपालिकामा १० शयया अस्पताल सञ्चालनका लागि दरखास्त आह्वान गर्दासम्म चिकित्सकको निवदेन नपर्दा अस्पताल सञ्चालन हुने नहुने अन्योलमा थियो । नागरिक स्वास्थ्य सेवाबाट वञ्चित थिए । स्वास्थ्य सेवा पँहुच नभएका नागरिकका लागि सो सेवा शुरु गरिएको विशेषज्ञ केसीले जानकारी दिए । महाबुका जनतालाई स्वास्थ्य समस्या भएको बेला स्वास्थ्यचौकी गँैडाबाजबाट प्रदेश अस्पताल सुर्खेतमा भिडियो कुराकानीमार्फत बिरामी सिधैँ सम्बन्धित रोग विशेषज्ञसँग स्वास्थ्य समस्या राख्नेछन् र डाक्टरको सल्लाह बमोजिम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले उपचार गर्छन् ।

उनले थपे, “नागरिकको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो । गाउँपालिकाको तर्फबाट जुनसुकै पहल गर्न हामी तयार छौँ, टेलिमेडिसिनका लागि आवश्यक उपकरण र इन्टरनेट सेवालाई थप प्रभावकारी बनाइ सहज स्वास्थ्य उपचार उपलब्ध गराइने छ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार