संसद व्युँतिए अर्को ओलीको जन्म हुँदैन : घनश्याम भुसाल

रविन्द्र प्रताप गुप्ता १३ माघ २०७७, मंगलवार समाचार

भैरहवा । नेकपा (प्रचण्ड–नेपाल) समुहका नेता घनश्याम भुसालले संसद व्युतिए पुनः अर्को केपी ओलीको जन्म नहुने बताएका छन् । उनले प्रधानमन्त्री ओली संविधानको बर्खिलाप गएर संसद विघटन गराएको आरोप लगाए ।

सम्पादक, लेखक, विश्लेषक तथा पत्रकारहरुसंग ‘हाम्रो संविधान र कार्यान्वयनमा देखिएका समस्या’ विषयक नेकपा प्रचार प्रसार समिति रुपन्देहीले मंगलबार तिलोत्तमाको ड्राइभर टोलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले संसद पुनस्र्थापनापछिको नेकपा प्रगतिशिल हुने बताए । उनले लोकतान्त्रिक विधिले दलाल पुँजीवादका प्रभावलाई अन्त्य गर्दै पार्टीलाई लोकतान्त्रिक बनाइने बताए ।

‘ओलीको कदम सदर हुनेवित्तिकै न्यायपालिकालाई आक्रमण गर्ने बाटो उहाँलाई खुल्छ, संविधानमा नभई नभई विधायिकामाथि उहाँले आक्रमण गर्नुभयो, त्यस्तै भोली उहाँले न्यायपालिकामाथि आक्रमण गर्नुहुन्छ, न्यायपालिका एक्लै बाँच्दै बाँच्दैन, यो सन्तुलनको लागि पनि अदालतले सही काम गर्छ भन्ने हाम्रो विश्वास हो, भुसालले भने । अदालतको स्वतन्त्रता र सार्वभौमता बचोस् भन्ने चाहना आफुहरुको रहेको उनको भनाइ छ ।

‘अदालतमा सेटिङ छ भन्ने हिसाबले बोलेको हो भन्ने बुझिएको छ, सेटिङ छ भनेको होइन, अदालतलाई सेटिङले दबाब दिने हो, त्यो उद्देश्य पुरा नहोस्, हाम्रो प्रयत्न सेटिङले अदालतले प्रभावित नहोस् भन्ने हो, ’उनले भने । ओलीले विधायिकाको अधिकार मात्र नमिचेर त्यसलाई मारेको भुसालले बताए ।

पूर्व कृषिमन्त्री समेत रहेका भुसालले पार्टीको केही कमजोरीका कारण ओली जन्मिएको र विचार एउटा पारित भइ नेतृत्व अर्को भएकोले समस्या आएको बताए ।

‘जहाँ विचार एउटा पारित हुन्छ र नेता अर्को हुन्छ, त्यहाँ दुर्घटना भएको छ, यसर्थ एक हिसाबले हिजोको नेकपा एमालेलाई असैद्धान्तिक बनाउँदै लग्यो, सिद्धान्तको नेता चुन्न पार्टी चुक्यो, सिद्धान्त चुन्यो तर नेता चुनेन, उनले भने ।

त्यस्तै नेकपाका नेता ठाकुर गैरेले पार्टीभित्र आफ्नो बहुमत गुमाएका प्रधानमन्त्री ओलीले त्यसैको रिसमा प्रतिनिधिसभा विघटन गराउनु अलोकतान्त्रिक कदम भएको बताए ।

कार्यक्रममा नेकपा नेता पुरुषोत्तम घिमिरे, अग्रज पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाई, प्राध्यापक डा. माधव पन्थी, लेखक ऋषि आजाद, मदनलाल पौड्याल, लिलाबल्लभ ढकाल, अग्रज पत्रकार माधव नेपाल, शरण कर्माचार्य, टोपराज शर्मा, खेमराज रेग्मीले यसअघिका संसद विघटन अलोकतान्त्रिक भए पनि संवैधानिक भएको तर यसपटकको विघटन असंवैधानिक भएकाले संसद पुनस्र्थापना हुनुपर्ने बताए ।

नेकपा प्रचार प्रसार समिति रुपन्देहीका संयोजक सिद्धिचरण भट्टराईको अध्यक्षता, भुवन कार्कीको स्वागत, रुद्रहरि कुंवरको धन्यवाद ज्ञापन तथा गुनाराम घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार