मायादेवी गाउँपालिकामा वातानुकुल कक्षसहितको खोप केन्द्र

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकाले वडा नम्बर ८ बसडिलवामा वातानुकुल कक्ष (एसी) सहितको खोप केन्द्र सुरु गरेको छ । शनिबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष धु्रव नारायण चौधरीले उक्त खोप केन्द्रको शुभारम्भ गरेका छन् । उनले गाउँपालिकाको सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्र, खोप केन्द्र, गाउँघर क्लिनिक सञ्चालनमा रहेको बताए ।

‘गाउँपालिकाका हाम्रा जनताहरुलाई स्वास्थ्यको आधारभुत सेवाका लागि शहर धाउन नपर्ने बनाएका छौ, थप सुविधायुक्त बनाउनेछौ, अध्यक्ष चौधरीले भने ।

स्थानीय तहको खोपकेन्द्र बातानुकुल बनाइएको यो नेपालकै पहिलो केन्द्र रहेको मायादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।

खोपकेन्द्रमा खोप लगाउन आउने सेवाग्राही (बालबालिका) र गाउँघर क्लिनिकमा आउनेलाई थप सुविधा हुनेछ, गर्मी र चिसो महिनामा खोपका लागि आउँदा बालबालिकाहरुको स्वास्थ्यमा कुनै खराबी नहोस् भन्दै खोप केन्द्रलाई वातानुकुल बनाइएको छ, एक वर्षभित्र गाउँपालिका भित्रका सबै खोप केन्द्रलाई वातानुकुल बनाउनेछौ, ’उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले खोप केन्द्र समयसापेक्ष बनाइनु राम्रो भन्दै थप सेवा सुविधासंगै अझै पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्य सतर्कता अपनाइ काम गर्नुपर्नेमा जोड दिदै सामाजिक दुरी, हात धुने र मास्क लगाउने काम जरुरी रहेको बताए ।

खोप अधिकृत भेषराज शर्माले खोप लगाउने कक्ष वातानुकुल हुँदा नवजात शिशुदेखि अन्य बालबालिकाहरुलाई खोप लगाउदा सुविधा हुने बताए । सुविधासम्पन्न नीजि तथा सरकारी अस्पतालको खोप लगाउने स्थानमा वातानुकुल सुविधा होला तर देशभरीका स्थानीय तहको खोप केन्द्रलाई वातानुकुलित बनाइएको यो सम्भवत पहिलो नै हो, शर्माले भने ।

गाउँपालिकाको आठ वटा वडामा १७ वटा खोप केन्द्र र १७ वटा गाउँघर क्लिनिक सञ्चालनमा रहेको र मायादेवीको वडा नम्बर ८ को यो खोप केन्द्र प्रत्येक महिनाको १० गते सञ्चालन हुनेछ । मायादेवीका सबै वडामा रहेका खोप केन्द्रहरु १० गते देखि १४ गतेसम्म र गाउँघर क्लिनिक हरेक महिना १९ गते देखि २३ गते सम्म सञ्चालन हुनेछन् ।

खोपकेन्द्र शुभारम्भको पहिलो दिन खोप ५९ जना शिशु एवं बालबालिकाले खोप लगाएको खोपकेन्द्रमा कार्यरत अनमी अनुराधा चौधरीले बताइन् ।

कार्यक्रममा मायादेवी गाउँपालिक उपाध्यक्ष तारादेवी यादव, वडा नम्बर ८ का वडा अध्यक्ष चोक बहादुर थापा, लेखा अधिकृत ओमेश कुमार गैरे, समाजसेवी श्रीराम यादव, शंकर ज्ञवाली, सन्दिप गुरुङ, कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर कुंवर लगायतले खोपकेन्द्रमा सेवाग्राहीलाई थप सुविधा दिनु राम्रो भएको बताए । कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले गरेका थिए भने कार्यक्रम उद्धेश्य माथि प्रकाश एवं स्वागत मन्तव्य गाउँपालिका स्वास्थ्य शाखाकी नर्सिंग निरीक्षक शर्मिला शर्माले गरेकी थिइन् । स्वास्थ्य केन्द्रले वातानुकुल कक्षसहितको खोप केन्द्र सञ्चालनमा ल्याएर राम्रो काम गरेको स्थानीय नीमा जि.सी.ले बताइन् ।

मायादेवीको यो खोप केन्द्र छिमेकी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ संग जोडिएकाले बसडिलवा वरपरका सेवाग्राहीलाई समेत थप फाइदा पुग्नेछ । यसै स्थानमा केही समय अघि आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार