नियमित योग गर्ने बानी बसालौं

काठमाडौँ । मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्न सरोकारवालाले जोड दिएका छन् ।

छैटौ राष्ट्रिय योग दिवसका अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र नेपाल आयुर्वेद औषधि सङ्घ चितवनले आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताले नियमित योग गर्नुपर्नेमा जोड दिएका हुन् ।

योगाभ्यासलाई नियमित गर्ने बानी बसाल्न सके शरीर स्वस्थ्य रहने उनीहरुको भनाइ थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पूर्वीय दर्शन अनुसार मान्छे अघि बढ्न थालेको बताए । उनले भने, “अहिले योगप्रति जनविश्वास बढेको छ । यसलाई नियमित गर्नु राम्रो हुन्छ ।” योगले शरीर र मष्तिस्कलाई स्वस्थ राख्न सहयोग पुग्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले योगको प्रचारप्रसार गरेर आम नागरिकसम्म यसको उपयोगिताका बारेमा जानकारी गराउन आग्रह गरे । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका प्रमुख डा कोपिला अधिकारी, पतञ्जलि योग समितिका केन्द्रीय सदस्य विष्णु दवाडी, जिल्ला अध्यक्ष रामप्रसाद वस्ती, डा चन्द्रकान्त ज्ञवालीलगायतले योगको महत्वका बारेमा जानकारी गराएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार