प्रधानमन्त्री ओलीले विधि मान्नु भएन, संसद विघटन गरेर ठूलो गल्ती गरे : भुसाल

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री ओलीले विधि–विधान नमानेको आरोप लगाएका छन् । उनले संसदीय दल, पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समिति सबैतिर अल्पमतमा परेपछि प्रधानमन्त्रीले विधि विधानविपरीत संसद विघटन गरेर ठूलो गल्ती गरेको भुसालले बताए ।

प्रचण्ड–माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले तिलोत्तमा नगरपालिकाको ड्राइभर टोलमा आयोजना गरेको कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै नेता भुसालले संसद विघटन गर्ने कार्य संविधानविपरीत भएको बताए । उनले संविधान विरोधी कार्य भएकोले संसदको पुनस्र्थापना हुनुपर्ने बताए ।

‘संसदको पूनस्र्थापना हुनेबित्तिकै संविधानको रक्षा हुन्छ, सबै समस्याको समाधान गर्न सजिलो हुन्छ, ’उनले भने ।

पूर्व कृषिमन्त्री भुसालले पार्टीले सरकारलाई असहयोग नगरेको दावी गरे । उनले लोकतन्त्रको रक्षा गर्ने संस्था अदालत भएको बताए । ‘जनता सडकमा निस्किए कसैको कुनै केही लाग्दैन, संसदलाई पुनस्र्थापना नगरे अस्थिरता सुरु हुन्छ,’ भुसालले भने । प्रधानमन्त्री ओलीले वैशाखमा साँच्चै चुनाव गर्नका लागि मिति घोषणा नगरिएको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्तीले कम्युनिष्ट पार्टी सामूहिक रुपमा चल्ने पार्टी रहेको बताइन् । उनले कुनै एक व्यक्तिलाई राष्ट्रपति र प्रधामन्त्री बनाउन लडाइ गरिएको हो भन्दै प्रश्न गरिन् ।

नेकपा केन्द्रीय सदस्य बामदेव क्षेत्री, दधिराम न्यौपाने, हकिकुल्ला खाँ, जिल्ला सचिव नारायण जि.सी. (निर्मल)ले प्रधानमन्त्री केपी ओलीले बहस र छलफल गर्न नचाहेको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार