मायादेवी गाउँपालिकामा जग्गाधनी प्रमाणपूर्जा वितरण

रविन्द्र प्रताप गुप्ता १० पुष २०७७, शुक्रबार समाचार

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ अन्तर्गत साविक खुदावगर १ ‘क’ को कित्ता नम्बर १९४ र १९६ सुरवल गाउँ ब्लकको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । नापी कार्यालय रुपन्देही ३ नम्बर नापी टोलीको प्राविधिक सहयोगमा जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले बताए ।

स्थानीयलाई शुक्रबार जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले वर्षौदेखि पूर्जाबिहीन नागरिकले अहिले पाएको बताए । उनले एकै पटक जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न नसकिए पनि यो कार्यलाई निरन्तरता दिदै जाने बताए । यस अघि पनि बेथरी, उचमी लगायतका गाउँब्लकमा जग्गाधनी प्रमाणपूर्जा वितरण गरिसकिएको अध्यक्ष चौधरीले बताए ।

गाउँपालिका उपाध्यक्ष तारादेवी यादवले जग्गाधनी प्रमाणपुर्जामा प्राविधिक सहयोग गर्ने नापी कार्यालयलाई धन्यवाद व्यक्त गरिन् ।

नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत अजित कुमार कुंवरले गाउँपालिका र कर्मचारीको अथक प्रयासबाट जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको बताए । उनले धेरै वर्षपछि नागरिकहरु आफ्नो जग्गाको मालिक बन्नुभएको बताए ।

नापी कार्यालय रुपन्देहीका नापी अधिकृत शालिकराम लम्सालले गाउँब्लकको पुर्जा वितरण कार्य नेपाल सरकारको नीति अनुसार नापी कार्यालयले गर्दै आएको र त्यसैको निरन्तरता भएको बताए । उनले जग्गाधनी प्रमाणपत्रपूर्जा पाएपछि अब नागरिकलाई धेरै सजिलो भएको बताए । गाउँपालिकाले सहयोग गरेकोमा उनले धन्यवाद दिए ।

मायादेवी गाउँपालिका वडा नम्बर १ अन्तर्गत साविक खुदावगर १ ‘क’ को कित्ता नम्बर १९४ र १९६ सुरवल गाउँ ब्लकको ३० जनालाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका नापी, नक्शा तथा भुमि व्यवस्थापन शाखाका अमिन हृदयेश वनियाले जानकारी दिए ।नीति अनुसार नापी कार्यालयले गर्दै आएको र त्यसैको निरन्तरता भएको बताए । उनले जग्गाधनी प्रमाणपत्रपूर्जा पाएपछि अब नागरिकलाई धेरै सजिलो भएको बताए । गाउँपालिकाले सहयोग गरेकोमा उनले धन्यवाद दिए ।

मायादेवी गाउँपालिका वडा नम्बर १ अन्तर्गत साविक खुदावगर १ ‘क’ को कित्ता नम्बर १९४ र १९६ सुरवल गाउँ ब्लकको ३० जनालाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका नापी, नक्शा तथा भुमि व्यवस्थापन शाखाका अमिन हृदयेश वनियाले जानकारी दिए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार