लोकतान्त्रिक विधिबाट नगई एक-अर्कालाई निषेध गरे त्यसले नकारात्मक परिणाम दिन्छ : देव गुरुङ

विजय कुमार गुप्ता २ पुष २०७७, बिहीबार BOX NEWS

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको कोणबाट हेर्दा राष्ट्रिय स्वाधिनतामाथि गम्भिर प्रकारका समस्या पैदा भएको बताएका छन् । उनले प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती रहेकोले त्यसलाई सामना गर्नुपर्ने बताए ।

बिहीबार बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै गुरुङले अहिले देखिएका समस्याहरु लोकतान्त्रिक विधिबाट हल गर्न सकिने बताए । ‘विद्यमान देखा परेका राजनीतिक र वैचारिक समस्याहरु छन, ती समस्या समाधान गर्न नै छलफल, बहस र अन्तरक्रिया चलेका छन्, यसलाई नकारात्मक रुपमा नभइ सकारात्मक रुपमा नै लिनुपर्छ’ उनले भने ।

मुलुकमा देखा परेका समस्या समाधानका लागि जनता पनि एकताबद्ध भइ अगाडी बढ्नुपर्ने उनको भनाइ थियो । कतिपय विषयहरु पार्टी पंक्तिबाट निकास हुन नसकेको अवस्थामा त्यसबारेमा सार्वजनिक रुपमा छलफल पनि हुने उनले बताए ।

‘अहिलेको बहस भनेकै हामी लोकतान्त्रिक बाटोबाट जान्छौं कि भिन्न मतलाई निषेध गरेर जान्छौं र एकाधिकार सोच र चिन्तनबाट जान्छौं भन्ने हो, ’उनले भने ।

कम्युनिष्ट पार्टी भित्र बहस र छलफल चलिरहने र लोकतान्त्रिक विधिबाट अगाडी बढे छिटो सकारात्मक परिणाम लिने उनले बताए । पूर्वमन्त्री तथा नेकपा स्थायी समिति सदस्य समेत रहेका गुरुङले लोकतान्त्रिक विधिबाट नगएर एक अर्कालाई निषेध गरे त्यसले नकारात्मक परिणाम ल्याउने दावी गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार