गुल्मीमा कांग्रेसको प्रदर्शन, ‘ओली सरकारको उपहार, हत्या हिंसा बलात्कार’ को नारा

मनोज कार्की ३० मंसिर २०७७, मंगलवार समाचार

गुल्मी । नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य तथा पुर्व सांसद जीवन परियारले आजभोली देशमा राजाको पक्षमा केहि सलबलाई रहेको र तिनीहरु किन सल्बलाएका हुन् त्यसको जवाफ प्रधानमन्त्री केपी ओलीले दिनु पर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस आयोजना गरेको बिरोध प्रर्दशन कार्यक्रमका लागि गुल्मी आएका नेपाली कांग्रेस केन्द्रिय समिति सदस्य तथा पुर्व सांसद जीवन परियारले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस केन्द्रय सदस्य तथा पुर्व सांसद परियारले तनहुँमा बरिष्ठ नेता पौड्यालमाथि प्रशासनले गरेको दुर्व्यवहार सम्झदैँ गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री ओलीकोे नेत्रित्वमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौड्याल माथि यस्तो हर्कत भएको हुन सक्ने पुर्व सांसद परियारले आरोप लगाएका छन् । नेपाली कांग्रेस सत्ता भन्दा बाहिर भएकाले दुईतिहाईको सरकारले जनताप्रति आफ्नो दम्भ देखाएको हुन सक्ने बताएका छन् ।

वर्तमान कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड–१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्य वृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैली र तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारको विरुद्धमा गुल्मीमा पनि बिरोध प्रर्दशन कार्यक्रम गरिएको नेपाली काँग्रेसले जनाएको छ । बिरोध प्रर्दशन कार्यक्रम नेपाली काँग्रेस गुल्मीले गुल्मीका सहिद शम्सेर थापालाई सम्झदै उहाँको मुर्तिमा अबिरमाला ग्रहण गरी अगाडि बढेको थियो ।

जिल्लामा भएको बिरोध पर्दशनमा ओली सरकारको उपहार, हत्या हिंसा बलात्कार, तनहुँ घटना सार्वाजानिक गर, सत्ता छोड्लास् नेकपाः हिसाब किताब बाँकि छ लगाएतका नारा लगाएका थिए ।

नेकपाको सरकारमा दम्भै दम्भ भरिएकाले देशमा दैनिक आफ्नै पार्टीका भ्रष्टाचार काण्डहरु बाहिरहेको , जनताको पक्षमा काम गर्न नसेको ,बलात्कारी लुकाइएको , आर्थिक हिनाबिना पारेकै कारण आफुहरु बिरोध प्रर्दशन गर्न बाध्य भएको नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठले बताए । श्रेष्ठले बोल्दै भने मुुलुकलाई सर्वसत्ताको नाममा दल दलमा फसेको घोर भर्सेना गर्दै जनतालाई सेवा दिन नसक्ने सरकारले हिसाब किताब बुझाई सत्ता छोड्नु पर्ने बताएका छन् ।

बिरोध प्रर्दशन कार्यक्रममा २ नगरपालिका र १० गाउँपालिकाका कांग्रेस प्रतिनिधि तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिती रहेको थियो । नेपाल बिद्यार्थी संघ गुल्मीले आईतबार साँझ नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालय बीपी स्मृति भवन देखि तम्घासबजार बाइक र्याली गरि परिक्रमा गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार