९८३ हरित स्वयंसेवक नियुक्त, परिचालनमा १२ करोड लगानी

रविन्द्र प्रताप गुप्ता २७ मंसिर २०७७, शनिबार समाचार

भैरहवा । लुम्बिनी प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९ सय ८३ जना हरित स्वयंसेवक नियुक्त गरेको छ । हरित स्वयंसेवकको मद्दतले स्थानीयस्तरमा किसानलाई सरल, सहज र सुलभ तरिकाले कृषि प्रविधि हस्तान्तरण हुनेछ ।

निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाउँदै, कृषि तथा पशु सेवा प्रवाहलाई स्थानीयस्तरमा पु¥याउन कार्यक्रमले सहयोग मिल्ने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. परवेज आलमले बताए ।

नियुक्त भएका स्वयंसेवकले कृषि फार्म वा व्यवसाय सञ्चालन गरी नमुना कृषि उद्यमीको रुपमा आफ्नो पहिचान बनाउनुपर्ने भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वरिष्ठ पशु विकास अधिकृत डा. प्रदिप पौडेलले बताए ।

तालिममा सिकेका प्राविधिक ज्ञान आफ्नो क्षेत्रका किसानलाई सिकाउने तथा किसानलाई आवश्यक पर्ने उत्पादन सामग्रीको माग र आपूर्तिको व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने देवदह नगरपालिकाका हरित स्वयंसेवक त्रिलोभन दाहालले बताए ।

प्रदेशमा रहेका १२ जिल्लाका ९ सय ८३ वडाबाट एक÷एक जना स्वयंसेवक छनोट गरिएको हो । ३५ वटा वडाबाट कसैको आवेदन नआएकाले पुन मागिएको मन्त्रालयले जनाएको छ ।

छनौट भएका स्वयंसेवकलाई कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रहरुले उनीहरुले गर्ने काम र कर्तब्यबारे सिकाएका छन् । भैरहवामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रुपन्देहीका ५१ जना हरित स्वयंसेवकसंग सम्झौता गरी काममा खटाएको छ । हरित स्वयंसेवकले मासिक वा वार्षिक रुपमा तलब भत्ता पाउने छैनन् तर कृषि उद्यमी बन्नको लागि पहिलो वर्ष ५० हजार दोस्रो वर्ष ४० हजार र तेस्रो वर्ष ३० हजार रकम पाउनेछन् । कार्यक्रमका लागि तीन वर्षमा करिब १२ करोड रकम खर्च हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार