भैरहवाबाट स्रोत नखुलेको २४ लाख रुपैयाँसहित एक पक्राउ

रविन्द्र प्रताप गुप्ता २० मंसिर २०७७, शनिबार समाचार

भैरहवा । स्रोत नखुलेको रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ३२ वर्षिय प्रमोद कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ बसपार्क नजिकै प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा सुनौलीबाट भैरहवातर्फ आउँदै गरेका गुप्तालाई २४ लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए ।

लु ४३ प १२३१ नम्बरको मोटरसाइकको बांया लेगार्डमा झुण्ड्याई राखेको सेतो रंगको सिन्थेटिक प्लाष्टिक बोराको झोला र उनको शरीर खानतलासी गर्दा लुकाईछिपाई राखी ल्याएको नेपाली रु. ५ सय र १ हजार दरका नोटहरु रबरले बांधेर बिटा बनाइराखेको अवस्थामा फेला पारी सोधपुछ गर्दा उनले उक्त रकमको आयस्रोत खुलाउन नसकेकोले पक्राउ गरिएको थापाले जानकारी दिए ।

उक्त नगद रकम र गुप्ताले चलाएको मोटरसाइकल समेत बरामद गरी उनलाई आवश्यक कारवाहीको लागि बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार