१२ कार्तिक २०७७, बुधबार

रुखबाट लडेर गम्भीर घाइते रिजालको उपचारमा चौतर्फी सहयोग

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ कार्तिक २०७७, बुधबार समाचार
26Views
Shares

काठमाडौं। रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पीप्लेका १ युवकको उपचारमा करीब ३ लाख रुपैयाँ सहयोग जुटेको छ ।

कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

यो पनि पढ्नुहोस् ...  नेपाल भ्रमण वर्ष २०२० : स्थापित पहिचान, संस्कार र संस्कृति जीवन्त बनाऔ

मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरू गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पीप्ले उपशाखा र सिवाइजी क्लबको अगुवाइमा सञ्चालन भएको सहयोग संकलन अभियानअन्तर्गत मंगलवारसम्म प्राप्त २ लाख ९१ हजार ६५५ रुपैयाँ रिजालको परिवारलाई हस्तान्तरण गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  प्रधानमन्त्री मोदी र उनका पाकिस्तानी समकक्षी खान काठमार्डौंमा आमने सामने हुने सम्भावना

अस्पतालमा औषधोपचारमा रकम आवश्यक परेपछि संकलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको र अभियानलाई निरन्तरता दिइएको नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखाका सभापति तारानाथ शर्माले जानकारी दिए ।

संकलित रकम मंगलवार उपचाररत रिजालका बुबा रुद्रलाई वडाध्यक्ष जीवनकुमार मल्ल र उपशाखाका सभापति शर्मा सहितको टोलीले हस्तान्तरण गरेका थिए ।

यो पनि पढ्नुहोस् ...  चौधरीको होटेलमा काँग्रेस गठबन्धन :  राष्ट्रपति रामचन्द्र, सभापतिमा शशांक ?

रासस

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार