११ कार्तिक २०७७, मंगलवार

बैङ्किङ कसुरका फरार अभियुक्त पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ कार्तिक २०७७, मंगलवार समाचार
32Views
Shares

काठमाडौं। झापा अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईँलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो ।

यो पनि पढ्नुहोस् ...  महोत्तरीमा १ वर्षमा भएको १ सय ७४ सवारी दुर्घटनामा ४६ जनाको मृत्यु

प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद र रू ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो ।

प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताए ।

यो पनि पढ्नुहोस् ...  मकवानपुरमा आधा दर्जन पुल बन्ने, कहाँ कहाँ बन्दै छ् ?

झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई आफ्नै गाउँबाट पक्राउ गरेको थापाले जानकारी बताए । प्रसाईँलाई कार्यालय खुलेपछि अदालतसमक्ष उपस्थित गराइने छ ।-रासस

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार