कोरोनाको डरले कैदीबन्दीले लगाएनन् दशैंको टीका

उज्यालो प्रतिनिधि ११ कार्तिक २०७७, मंगलवार समाचार

काठमाडौं। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् ।

विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए ।

‘विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका तथा जमरा लगाइदिनुहुन्यो,’ उनले भने, ‘यस वर्ष कोरोना महामारी फैलिने जोखिमीलाई दृष्टिगत गर्दै सबैको सल्लाहमा टीका र जमरा लगाउने कार्यक्रम नगरिएको हो ।’ कोरोनाको सम्भाव्य जोखिमलाई दृष्टिगत गरी कैदीबन्दीका आफन्तले ल्याएका नपकाइएका सामान २४ घण्टासम्म राखेर मात्रै दिने गरिएको उनले बताए ।

कोरोना महामारीका कारण गत चैत ११ गते अगावैदेखि भेटघाटका कार्यक्रमलाई विगतका तुलनामा नियन्त्रण गरिएको कारागार प्रशासनले जनाएको छ । गौतमका अनुसार कास्की कारागारमा हाल ९०९ जना विभिन्न मुद्दाका कैदीबन्दीले कैद भुक्तान गरिरहेका छन् । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार