चीनले कोरोनाभाइरसको संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गर्न सफल भएको छ । तर, बेलाबेला केही स्थानमा संक्रमणको मामिला देखिने गरेका छन् ।
चीनमा लक्षणरहित संक्रमितलाई आधिकारिक तथ्यांकमा दर्ता गरिँदैन । चीनमा हालसम्म ८५ हजार ८१० जना संक्रमित फेला परेका छन् भने ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् ।
आइतबार साँझसम्म कसगरमा २८ लाख जनाको परीक्षण भइसकेको छ । बाँकीको दुई दिनभित्र परीक्षण सकिने अधिकारीहरुले जानकारी दिएका छन् ।
Facebook Comments Box






